भारतबाट कार्गो रेल आइपुग्यो विराटनगर

केन्द्रभाग मिडिया

भारत बिहारको बथनाहाबाट कार्गो रेल विराटनगर आइपुगेको छ । विराटनगरस्थित भन्सारको कष्टम यार्डसम्म नियमित सञ्चालन हुने वाचासहित बिहीबारदेखि कार्गो रेल सेवा सुरू भएको हो।

कार्गो रेल नियमित हुने भएपछि विराटनगरका उद्योगीहरू उत्साही बनेका छन्। रेल सेवाले ढुवानी भाडा आधा सस्तो पर्ने बताउँदै उद्योगीहरूले यसको बिनाशर्त नियमितताको माग पनि गरेका छन्। बथनाहाबाट एकीकृत भन्सार जाँच चौकी (आइसिपी) सम्मको ७ दशमलव ६ किलोमिटर लामो छ।

  • १८ जेष्ठ २०८०, बिहीबार १७:०२ प्रकाशित