कार्यदल संयोजकबाट राजिनामा दिने रावलको घोषणा, स्थायी समितिमा फरक मत राखे

केन्द्रभाग मिडिया

पोखरा ।
नेकपा एमालेका उपाध्यक्ष भीम रावलले यस अगाडि पार्टीले गठन गरेको १० बुँदे सहमति कार्यान्वयन कार्यदलको संयोजकबाट राजीनामा दिने घोषणा गरेका छन् । शुक्रबार स्थायी समितिको बैठक पछि उनले यस्तो घोषणा गरेका हुन् ।

अध्यक्ष केपी शर्मा ओली १० बुँदे सहमति प्रति इमान्दार नदेखिएपछि उनले पार्टीमा असन्तुष्टि राख्दै आएका छन् । ‘१० बुँदे कार्यान्वयनबारे केन्द्रीय कमिटीबाट निर्णय भएर अपानी–१२ जारी भयो, त्यसको कार्यान्वयन हुनुपर्छ भन्ने विषय मेरो हो ।

त्यो कार्यान्वयन गर्दाखेरी कुन व्यक्तिको जिम्मेवारी के हुन्छ, कहाँ पर्छ भन्ने कुरा त्यसपछि मात्रै आउने कुरा हो ।’ तर प्रभु साहलाई खुसी बनाउन स्थायी कमिटी बैठकले दुई जनालाई केन्द्रीय सदस्यमा बनाउने निर्णयमा आफ्नो विमति रहेको उनले बताए ।

बैठकमा रावलले पार्टी स्थायी समिति बैठकले गरेका केही निर्णयप्रति फरक मत समेत राखेका छन् । उनले पार्टीको अन्तरपार्टी निर्देशन–१२ अनुसार पार्टी नेतृत्व अघि नबढेको भन्दै बैठकमा फरक मत राखेका हुन् । उनले बैठकमा ५ पृष्ठ लामो लिखित फरक मत राखेका छन् ।

  • ५ कार्तिक २०७८, शुक्रबार १९:२८ प्रकाशित