नमूना जहाज बनाएका अभयलाई बुद्ध एयरको सम्मान : दियो १ लाख

केन्द्रभाग मिडिया

काठमाडौं ।

नमूना जहाज बनाएर आकाशमा उडाउने चितवनका अभय परियारलाई बुद्ध एयरले सम्मान गरेको छ । बुद्ध एयरको एटिआर ४२ जहाजको नमूना बनाएर आकाशमा उडाउने परियारलाई बुधबार बुद्ध एयरले नगदसहित सम्मान गरेको हो ।

१८ वर्षीय अभयको प्रतिभालाई प्रोत्साहन गर्न एक लाख नगदसहित सम्मान गरेको बुद्ध एयरका कार्यकारी अध्यक्ष वीरेन्द्रबहादुर बस्नेतले जानकारी दिएका छन् । बस्नेतका अनुसार परियारलाई नगद पुरस्कारसहित प्रशंसापत्र हस्तान्तरण गरिएको हो ।

फोटो बुद्ध एयरको अफिसियल फेसबुक पेजबाट

  • १७ जेष्ठ २०८०, बुधबार १६:४८ प्रकाशित