गण्डकीका बिनाविभागीय मन्त्री डोबाटे विश्वकर्मालाई प्रश्न: मन्त्री बन्न गुट परिर्वतन गर्नुभएको हो ? (भिडियोसहित)

केन्द्रभाग मिडिया

पोखरा ।
गण्डकी प्रदेशका बिनाविभागीय मन्त्री डोबाटे विश्वकर्माले मन्त्री बन्न समूह परिवर्तत नगरेको बताएका छन् । शुक्रबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सभाहलमा पत्रकार सम्मेलन आयोजना गरेका मन्त्री विश्वकर्माले गुट परिर्वतन गरेर मन्त्री नबनेको बताए ।

मन्त्री बन्न गुट परिर्वतन गर्नुभएको हो भन्ने पत्रकारको प्रश्नमा मन्त्री विश्वकर्माले भने, मन्त्री बन्नमा बरिष्ठ नेता रामचन्द्र पौडेलको मुख्य भूमिका छ । पार्टी सभापतिको साथ छैन भन्ने कुरा हैन त्यो हुन्छ नै विश्र्काले भने समापतिसंग पोखरा आएको बेला कार्यकर्ताको हिसावले भेट भएको बताए ।

गण्डकीमा गठबन्धनको सरकार बन्ने निश्चित भए पछि बरिष्ठ नेता पौडेलले दोबाटेलाई मन्त्री बनाउनुपर्छ भनेर लाग्नुभयो, पहिलो चरणमा छुटे पनि अहिले मन्त्री नियुक्त हुनुमा पनि पौडेलकै साथ रहेको उनले बताए ।

मन्त्री विश्वकर्माले मुख्यमन्त्रीले दिएको जिम्मेवारी पुरा गर्ने बताए । मुख्यमन्त्रीसंग अहिले आन्तरिक मामिला मन्त्रालय छ त्यही मन्त्रालय पाए हुन्छ भन्ने प्रश्नमा उनले त्यो आफुलाई थाहा नभएको बताए । उनले भने, अहिले मैले मुख्यमन्त्रीलाई सहयोग गर्ने हो । गठबन्धनको सरकार भएका कारण छलफल पछि मात्रै सबै कुरा टुन्गो लाग्ने उनले बताए ।

  • ५ कार्तिक २०७८, शुक्रबार १७:२३ प्रकाशित