आज डलरको भाउ उकालो लाग्यो : अन्य देशका मुद्रादर कस्तो छ ? (सूचीसहित)

केन्द्रभाग मिडिया

पोखरा।

नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज डलरको मूल्य बढेको छ । आज बुधबार डलर एकको खरिददर १३२ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३२ रुपैयाँ ६४ पैसा रहेको छ । हिजो डलर एकको खरिददर १३१ रुपैयाँ ९१ पैसा र बिक्रीदर १३२ रुपैयाँ ५१ पैसा रहेको छ ।

यस्तै आज युरो एकको खरिददर १४१ रुपैयाँ ६९ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३४ पैसा रहेको छ । आज पाउण्डको पनि मूल्य उकालो लागेको छ । आज पाउण्ड एकको खरिददर १६४ रुपैयाँ ०६ पैसा र बिक्रीदर १६४ रुपैयाँ ८१ पैसा छ । हिजो पाउण्ड एकको खरिददर १६२ रुपैयाँ ८७ पैसा र बिक्रीदर १६३ रुपैयाँ ६१ पैसा थियो ।

यस्तै १० जापानी येनको खरिददर ९ रुपैयाँ ४२ पैसा र बिक्रीदर ९ रुपैयाँ ४६ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ६६ पैसा र बिक्रीदर १८ रुपैयाँ ७४ पैसा छ ।

साउदी रियालको खरिददर ३५ रुपैयाँ २१ पैसा र बिक्रीदर ३५ रुपैयाँ ३७ पैसा छ ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २२ पैसा र बिक्री दर ३६ रुपैयाँ ३८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।मलेसिया रिंगिट १ को खरिददर २८ रुपैयाँ ६९ पैसा र बिक्रीदर २८ रुपैयाँ ८३ पैसा रहेको छ ।

 

  • १७ जेष्ठ २०८०, बुधबार ०९:३१ प्रकाशित