शंका नगर्नुस, बजेट कार्यान्वयन हुन्छ : अर्थमन्त्री महत

केन्द्रभाग मिडिया

फाइलन तस्बिर

 

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेट कार्यान्वयनमा शङ्का नगर्न आग्रह गरेका छन् ।

मंगलबार अर्थ मन्त्रालयमा आयोजित पोस्ट बजेट पत्रकार सम्मेलनमा बोल्दै उनले यसपटक बजेट कार्यान्वयनका समस्या पहिचान गरी बजेट निर्माण गरिएकाले शंका नगर्न आग्रह गरेका हुन् । बजेट प्रणालीमा सुधार, कार्यान्वयन सुधारमा बुँदागत रुपमै प्रयास गरिएको उनले बताए ।

१७ खर्बको बजेटमा पूँजीगत प्रकृतिको बजेट ४ खर्ब ७१ अर्ब हाराहारी रहेको भन्दै पूँजीगत खर्च नघटाइएको मन्त्री महतले बताएका छन् ।

  • १६ जेष्ठ २०८०, मंगलवार १५:५६ प्रकाशित