काठमाडौं ।
सभामुख देवराज घिमिरेले तत्काल प्रधानन्यायाधीश नियुक्ति गर्न माग गरेका छन् ।
संसदीय सुनुवाइ विशेष समितिको बैठकमा सभामुख घिमिरेले समितिमा अनुभव प्राप्त सदस्यहरू रहेका कारण यसले आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने विश्वास व्यक्त गरे।
प्रधानन्यायाधीश नियुक्ति लगायतका कामहरूको सुनुवाइ छिटो गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ छ।राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संवैधानिक परिषदबाट आउने कतिपय सिफारिसलाई पनि गहन छलफल गरेर समितिले सच्याउन सक्ने गरी समितिले काम गर्नुपर्ने बताए।













