धादिङ ।
धादिङको बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर–२ मा भिरबाट लडेर आमा–छोराको ज्यान गएको छ ।भिरबाट लडेर स्थानीय १९ वर्षीया अप्सरा चेपाङ र उनका दुई वर्षीय छोरा साजनको मृत्यु भएको हो ।
सोमबार अपराह्न घाँस काट्न गएको बेला छोरा भिरबाट लडेपछि उनलाई उद्धार गर्न जाँदा आमा पनि खसेर दुवैको मृत्यु भएको धादिङ प्रहरीले जनाएको छ ।













