आज बजेट प्रस्तुत हुँदै

केन्द्रभाग मिडिया

काठमाडौं ।

मुलुक आगामी आर्थिक वर्षको बजेट आज घोषणा हुँदैछ । संवैधानिक व्यवस्था अनुसार सरकारले जेठ १५ गते आर्थिक वर्ष २०८०/८१ को बजेट ल्याउन लागेको हो ।

अर्थमन्त्री डा.प्रकाशशरण महतले आज बस्ने संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्नेछन् । सरकारले आगामी आर्थिक वर्षका लागि तोकिएको सीमाभित्रै रहेर १७ खर्ब हाराहारीको बजेट ल्याउने तयारी गरेको छ ।

राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्षका लागि अधिकतम १६ खर्ब ८८ अर्बको सीमाभित्र रहेर बजेट ल्याउन सरकारलाई सुझाव दिएको छ । अहिलेको स्थितिमा सोही सीमाभित्र रहेरै बजेट ल्याउनु सान्दर्भिक र व्यावहारिक देखिएको बजेट निर्माण टिमले जनाएको छ।

  • १५ जेष्ठ २०८०, सोमबार १०:१६ प्रकाशित