साताको पहिलो दिन कस्तो छ विदेशी मुद्रा विनिमयदर मूल्य ? (सूचीसहित)

केन्द्रभाग मिडिया

पोखरा।

नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज साताको पहिलो दिन डलर एकको खरिददर १३१ रुपैयाँ ८३ पैसा र बिक्रीदर १३२ रुपैयाँ ४३ पैसा रहेको छ ।

यस्तै आज युरो एकको खरिददर १४१ रुपैयाँ ५१ पैसा र बिक्रीदर १४२ रुपैयाँ १५ पैसा रहेको छ । आज पाउण्ड एकको खरिददर १६२ रुपैयाँ ९७ पैसा र बिक्रीदर १६३ रुपैयाँ ७२ पैसा रहेको छ । यस्तै १० जापानी येनको खरिददर ९ रुपैयाँ ४४ पैसा र बिक्रीदर ९ रुपैयाँ ४८ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ६७ पैसा र बिक्रीदर १८ रुपैयाँ ७६ पैसा छ ।

साउदी रियालको खरिददर ३५ रुपैयाँ १५ पैसा र बिक्रीदर ३५ रुपैयाँ ३१ पैसा छ ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ १८ पैसा र बिक्री दर ३६ रुपैयाँ ३४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।मलेसिया रिंगिट १ को खरिददर २८ रुपैयाँ ६५ पैसा र बिक्रीदर २८ रुपैयाँ ७८ पैसा रहेको छ ।

  • १४ जेष्ठ २०८०, आईतवार १०:२८ प्रकाशित