जसपाको बैठक आइतबार बस्ने

केन्द्रभाग मिडिया

काठमाडौँ ।

जनता समाजवादी पार्टी (जसपा)ले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ ।

जसपाले यही जेठ १४ गते आइतबार १ बजेका लागि बैठक बोलाएको हो । जसपा केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार बैठकमा विधान अधिवेशन, समसामयिक राजनीति लगायतका कार्यसूचीमा छलफल हुनेछ ।

  • १२ जेष्ठ २०८०, शुक्रबार १६:२६ प्रकाशित