आज युरो र पाउण्डको भाउ घट्यो, डलर स्थिर (सूचीसहित)

केन्द्रभाग मिडिया

पोखरा।

नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज युरो र पाउण्डको भाउ घटेको छ भने हिजो बढेको डलरको मूल्य आज पनि स्थिर छ ।

आज डलर एकको खरिददर १३२ रुपैयाँ १९ पैसा र बिक्रीदर १३२ रुपैयाँ ७९ पैसा रहेको छ । आज पाउण्ड एकको खरिददर १६३ रुपैयाँ ७२ पैसा र बिक्रीदर १६४ रुपैयाँ ४७ पैसा रहेको छ । हिजो पाउण्ड एकको खरिददर १६४ रुपैयाँ ६१ पैसा र बिक्रीदर १६५ रुपैयाँ ३६ पैसा थियो।

आज युरो एकको खरिददर १४२ रुपैयाँ ४६ पैसा र बिक्रीदर १४३ रुपैयाँ ११ पैसा रहेको छ । हिजो युरो एकको खरिददर १४३ रुपैयाँ १० पैसा र बिक्रीदर १४३ रुपैयाँ ७५ पैसा थियो।

यस्तै १० जापानी येनको खरिददर ९ रुपैयाँ ५४ पैसा र बिक्रीदर ९ रुपैयाँ ५९ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ७४ पैसा र बिक्रीदर १८ रुपैयाँ ८२ पैसा छ ।

साउदी रियालको खरिददर ३५ रुपैयाँ २५ पैसा र बिक्रीदर ३५ रुपैयाँ ४१ पैसा छ ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३१ पैसा र बिक्री दर ३६ रुपैयाँ ४८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।मलेसिया रिंगिट १ को खरिददर २८ रुपैयाँ ९३ पैसा र बिक्रीदर २९ रुपैयाँ ०६ पैसा रहेको छ ।

  • १० जेष्ठ २०८०, बुधबार ०९:५७ प्रकाशित