अर्थतन्त्र संकटमा छ, तर श्रीलंका बन्दैछ भन्ने अफवाह हो : दाहाल

केन्द्रभाग मिडिया

काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्र संकटमा रहेको स्वीकारेका छन् । तर श्रीलंका बन्दैछ भन्नु अफवाह भएको बताएका छन् । मुलुक श्रीलंका बन्दैछ भनेर अनावश्यक आतंक सिर्जना गर्न नहुने दाहालको भनाई ।

सरकारको नीति तथा कार्यक्रममाथि राष्ट्रियसभा सदस्यहरुले उठाएको प्रश्नको मंगलबार जवाफ दिँदै उनले अर्थतन्त्र दबाव र अप्ठ्यारोमा रहेको बताए । ‘संकटमा त छ, तर श्रीलंकाको स्थितितिर जाँदै छैन । हाम्रा सूचकहरुले त्यस्तो देखाउँदैन,’ उनले भने, ‘अनावश्यक आतंक सिर्जना गर्ने झुटो कुरा हामी कसैले पनि गर्नु हुँदैन ।’

अर्थतन्त्रलाई सुदृढ गर्न राजश्व वृद्धि गर्नुपर्ने उनले बताए ।

  • ९ जेष्ठ २०८०, मंगलवार १६:३४ प्रकाशित