काठमाडौं ।
एनएससी–काभा वुमन्स भलिबल च्यालेन्ज कप २०२३ मा नेपालले आफ्नो दोस्रो खेलमा आज बंगलादेशसँग खेल्दैछ । नेपाल र बंगलादेशबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ ।
समूह ए मा लगातार दोस्रो जित निकाल्दै नेपाल सेमिफाइनल पुग्ने लक्ष्यमा छ । प्रतियोगिताको पहिलो खेलमा घरेलु टोली नेपालले किर्गिस्तानलाई सोझो सेटमा पराजित गर्दै विजयी सुरुवात गरिसकेको छ ।
बंगलादेश भने पहिलो खेलमा भारतसँग पराजित भएको थियो ।