विद्यार्थीलाई ४५ प्रतिशत यातायातमा छुट दिन अनेरास्ववियूको ज्ञापनपत्र

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियूले यातायातमा विद्यार्थीलाई ४५ प्रतिशत सहुलियत दिने निर्णय देशैभरी कार्यान्वयन गराउन सरकारसँग माग गरेको छ।

भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री प्रकाश ज्वालालाई ज्ञापन पत्र बुझाउँदै अनेरास्ववियू यस्तो माग गरेको हो।

अनेरास्ववियूकी महासचिव आरती लामाले विगतमा नेपाल सरकारले विद्यार्थीलाई यातायातमा ४५ प्रतिशत छुट दिने निर्णय गरेता पनि देश भरी कहीँ पनि कार्यान्वयन नरहेको, लामो दुरीका यात्रामा एक रुपैयाँ पनि छुट नदिने, काठमाडौंमा बिदाको दिन छुट नदिने, ८ बजे पछि नदिने, तीन पाङग्रे सवारीमा छुटै नदिने जस्ता समस्या रहेको बताइन्।

ज्ञापन पत्रमा उक्त छुट प्रतिशत कार्यान्वयन नभए अनेरास्ववियूले आन्दोलन गर्ने चेतावनी छ ।

  • ८ जेष्ठ २०८०, सोमबार १५:४७ प्रकाशित