प्याजमा कालोबजारी, चाडपर्वसगै मुल्य ह्वात्तै बढ्यो

केन्द्रभाग मिडिया

काठमाडौं ।
केही दिन यता प्याजको मूल्य निरन्तर बढ्न थालेको छ । दशैँ अघिसम्म ४५ ५० रुपैयाँमा पाइने गरेको प्याजको मूल्य बढेर अहिले नै ९० रुपैयाँसम्म पुगेको छ । प्याजको भाउ बढेलगत्तै अहिले पसलैपिच्छे फरक–फरक मूल्य छ । कालीमाटी तरकारी तथा फलफूल बजारमा बिहीबार प्याजको अधिकतम मूल्य ७५ रुपैयाँ तोकिएको थियो ।

औसतमा भने ७३ रुपैयाँ तोकिएको थियो । तर खुद्रा पसलहरुमा भने ९० रुपैयाँसम्म मूल्य पर्ने गरेको छ । चाडबाडका बेला प्रायः दैनिक उपभोग्य वस्तुको मूल्य बढ्ने भए पनि गत असोजमा प्याजको मूल्य प्रतिकेजी ४६ रुपैयाँ थियो ।

तर एक महिना पनि पुग्न नपाउँदै प्याजको भाउ ७५ रुपैयाँ पुगेको छ । एक महिनाकै अन्तरमा प्याजको भाउ २९ रुपैयाँ प्रतिकेजी वृद्धि भएको छ । तर खुद्रा बजारमा भने उपभोक्ताले ९० रुपैयाँसम्म तिर्न बाध्य भएका छन् ।

 

  • ५ कार्तिक २०७८, शुक्रबार ११:४८ प्रकाशित