साताको अन्तिम दिन आज यस्तो छ विदेशी मुद्राको विनिमयदर(सूचीसहित)

केन्द्रभाग मिडिया

पोखरा।

नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको अन्तिम दिन आज(शुक्रबार) डलर एकको खरिददर १३१ रुपैयाँ ८७ पैसा र बिक्रीदर १३२ रुपैयाँ ४७ पैसा रहेको छ ।

आज पाउण्ड एकको खरिददर १६३ रुपैयाँ ९७ पैसा र बिक्रीदर १६४ रुपैयाँ ७२ पैसा रहेको छ । यस्तै युरो एकको खरिददर १४२ रुपैयाँ ६२ पैसा र बिक्रीदर १४३ रुपैयाँ २७ पैसा छ ।

यस्तै १० जापानी येनको खरिददर ९ रुपैयाँ ५७ पैसा र बिक्रीदर ९ रुपैयाँ ६२ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ७६ पैसा र बिक्रीदर १८ रुपैयाँ ८४ पैसा छ ।

साउदी रियालको खरिददर ३५ रुपैयाँ १६ पैसा र बिक्रीदर ३५ रुपैयाँ ३२ पैसा छ ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २० पैसा र बिक्री दर ३६ रुपैयाँ ३६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।मलेसिया रिंगिट १ को खरिददर २९ रुपैयाँ ०७ पैसा र बिक्रीदर २९ रुपैयाँ २० पैसा रहेको छ ।

  • ५ जेष्ठ २०८०, शुक्रबार १०:२४ प्रकाशित