आज पनि बढ्यो सेयर बजार

केन्द्रभाग मिडिया

काठमाडौं ।

सेयर बजार लगातार दोस्रो दिन आज पनि बढेको छ । बुधबार २३.३९ अंकले बढेको बजार १८४५.०१ विन्दुमा पुगेर रोकिएको छ । यो १.२८ प्रतिशतको वृद्धि हो ।

पछिल्लो समय निरन्तर गिरावट आएको बजार मंगलबार समेत सामान्य बढेको थियो । बुधबार २६६ धितोपत्रको २५ हजार ६३४ वटा कारोबारबाट २५ लाख ७७ हजार २१० कित्ता सेयर किनबेच हुँदा ८५ करोड ७६ लाख २४ हजार ३१८ रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार सबै उपसूचकहरुमा हरियाली देखिएको छ ।

जलविद्युतका लगानीकर्ताले सबैभन्दा धेरै (२.२८ प्रतिशत)ले कमाएका छन् । यस दिन आत्मनिर्भर लघुवित्त, इस्टर्न हाइड्रो र ग्रिनलाइफ हाइड्रोको मूल्य सकारात्मक सर्किट लेबलमा बढ्यो । माइखोला हाइड्रोको मूल्य सबैभन्दा धेरै ७.९३ प्रतिशतले घटेर २७७.६० रुपैयाँमा झरेको छ ।

  • ३ जेष्ठ २०८०, बुधबार १६:१३ प्रकाशित