रेशम चौधरीको जन्मकैदको फैसला सर्वोच्चद्वारा सदर

केन्द्रभाग मिडिया

काठमाडौँ ।

रेशम चौधरीको जन्मकैदको फैसला सर्वोच्च अदालतले सदार गरेको छ । टीकापुर हत्याकाण्डमा यस पहिले जिल्ला र उच्च अदालतले गरेको निर्णयले सर्वोच्चले सदर गरेको हो ।

जन्मकैदको सजाय खेपिरहेका रेशम चौधरी यो फैसलासगै जेलमुक्त नहुने भएका छन् ।

जन्मकैदको फैसलाविरुद्ध चौधरीले सर्वोच्चमा पुनरावेदन गरेका थिए । त्यसमा आज फैसला सुनाउँदै न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासले जिल्ला र उच्च अदालतको फैसला सदर गरेको हो ।

उक्त घटनामा रेशम चौधरीसहित ११ जनालाई दोषी ठहर गर्दै २०७५ फागुन १२ गते कैलाली जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको थियो । त्यसको २ वर्ष पछि २०७७ साल पुस ३ गते उच्च अदालत दिपायलले चौधरीसहित ८ जनालाई जन्मकैदको फैसला सुनाएको थियो ।

 

  • २ जेष्ठ २०८०, मंगलवार १७:३० प्रकाशित