अयोग्य लडाकुलाई तत्काल नगद नदिन सर्वोच्चको अन्तरिम आदेश

केन्द्रभाग मिडिया

काठमाडौं ।

अयोग्य लडाकुलाई तत्काल २/२ लाख नदिन सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।

मंगलबार सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको एकल इजलासले सो आदेश अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो।

सरकारको अयोग्य लडाकुलाई २र२ लाख दिने निर्णयकोविरुद्ध अधिवक्ता ज्ञानेन्द्रराज आरणनले रिट हालेका थिए।

उक्त रिटको प्रारम्भिक सुनवाईमा सर्वोच्चले अल्पकालीन अन्तरिम आदेश दिएको हो।

  • २ जेष्ठ २०८०, मंगलवार १७:१६ प्रकाशित