घुस लिएको आरोपमा दक्षिण कोरियाली फुटबलर पक्राउ

केन्द्रभाग मिडिया

बेइजिङ ।

चीनले दक्षिण कोरियाली फुटबलरलाई घुस लिएको आरोपमा पक्राउ गरेको पुष्टि गरेको छ । चाइनिज सुपर लिग खेल्ने सन जुन-हो उत्तरपूर्वी लिओनिङ प्रान्तमा प्रहरी हिरासतमा रहेको चीनको विदेश मन्त्रालयले जनाएको छ।

दक्षिण कोरियाली सञ्चारमाध्यमका अनुसार ३१ वर्षीयलाई शुक्रबार सांघाई विमानस्थलमा हिरासतमा लिइएको थियो। चिनियाँ फुटबलमा भ्रष्टाचार र म्याच फिक्सिङ विरुद्ध कडा कारबाहीका बीच सन पक्राउ परेको रिपोर्ट आएको हो ।

चीनले गत तीन महिनामा कम्तीमा चार जना फुटबल अधिकारीहरूलाई गल्ती गरेको आरोपमा पक्राउ गरेको छ।

  • २ जेष्ठ २०८०, मंगलवार १७:०० प्रकाशित