अस्ट्रेलियाली सहायक परराष्ट्र मन्त्री नेपालमा

केन्द्रभाग मिडिया

काठमाडौँ ।

दुई दिने भ्रमणका क्रममा अस्ट्रेलियाली सहायक परराष्ट्र मन्त्री टिम वाट्स मंगलबार काठमाडौँ आइपुगेका छन् । नेपाल स्थित अस्ट्रेलियाली दूतावासका अनुसार यो भ्रमणका क्रममा अस्ट्रेलियाको नेपालसँगको गहिरो सम्बन्ध र भविष्यमा हुनसक्ने सहकार्यका अवसरहरूको बारेमा चर्चा हुनेछ ।

भ्रमणका क्रममा सहायक मन्त्री वाट्सले नेपालका प्रधानमन्त्री पुष्प कमल दाहाल र परराष्ट्र मन्त्री नारायण प्रकाश साउदसँग शिष्टाचार भेट गर्नेछन् । दूतावासका अनुसार उनले भेटहरूमा नेपाल अस्ट्रेलिया सहकार्य, ६३ वर्ष भन्दा पुरानो दौत्य सम्बन्ध र झाँगिँदो जनस्तरको सम्बन्धहरूको चर्चा गर्ने छन् ।

अस्ट्रेलियामा नेपाली समुदाय सबै भन्दा चाँडो बढिरहेको आप्रवासी जनसङ्ख्या भएको छ र हाल करिब एक लाख तीस हजार जना नेपालीहरू अस्ट्रेलियामा बसोबास गर्दछन् ।

  • २ जेष्ठ २०८०, मंगलवार १६:२४ प्रकाशित