काठमाडौं ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका कांग्रेसका नेता बालकृष्ण खाँणलाई हालसम्म निलम्बन नगर्नुको कारणले कांग्रेसले खुलाएको छ ।
खाँण पक्राउ परेको एक साता बितिसक्दा पनि पार्टीले कुनै एक्सन नलिएपछि पार्टी भित्रै उनलाई निलम्बन गर्नुपर्ने माग उठिरहेको छ । तर उनलाई निलम्बन गर्ने कि नगर्ने भन्ने विषयमा बहस भए पनि कांग्रेसले कुनै निर्णय गरेको छैन । उनलाई निलम्बन गर्न पार्टीभित्रैबाट माग भइरहे पनि निलम्बन नगर्नुको कारण कांग्रेस प्रवक्ता डा। प्रकाश शरण महतले बताएका छन् ।
मंगलबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै कांग्रेस प्रवक्ता डा.प्रकाश शरण महतले, खाँणले आफुलाई निर्दोष प्रमाणित गर्छु भनिरहेकाले निलम्बन नगरेको बताएका छन् । उनले भने, ‘निर्दोष रहेको उहाँले भनिरहेकाले निलम्बनको निर्णय पार्टीले नगरेको हो ।’ यसबारे अनुसन्धान परिपक्क र स्वतन्त्र हुनुपर्ने बताउँदै महतले त्यसमा कांग्रेसले पनि सहयोग गर्ने बताए ।
गिरोहसँग लेनदेन गरेको आरोप लागेपछि खाँणलाई गत वैशाख २७ गते प्रहरीले काठमाडौंस्थित निवासबाटै पक्राउ गरेको थियो ।













