पोउवा संघले गर्ने मेलाको मिति तथा मेला प्रारुप सुझाव उपसमितिको जिम्मेवारी सौगात थापालाई

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरा उद्योग वाणिज्य संघले कार्यसमिति सदस्य सौगात थापालाई राष्ट्रिय औद्योगिक व्यापार मेला २०८० को मिति सिफारिस तथा मेला प्रारुप सुझाव उपसमितिको संयोजकको जिम्मेवारी दिएको छ ।

संघको ११ औं कार्यसमिति बैठकले उनलाई सो जिम्मेवारी प्रदान गरेको हो । संंयोजकको रुपमा थापाले मेलालाई कसरी उद्योगी/व्यवसाय प्रवद्र्धनको माध्यम बनाउने भन्नेबारे विज्ञहरुसँग छलफल गरी संघलाई सुझाव प्रदान गर्ने महासचिव बलराम आचार्यले जानकारी दिए ।

उपसमितिको लागि आवश्यक सदस्य छान्ने जिम्मेवारी थापालाई नै प्रदान गरिएको छ । थापाले आउँदो असारको अन्तिमसम्म आफ्नो रायसहितको सुझाव संंघलाई बुझाउने छन् ।

उनलाई उपसमितिका सदस्यहरु छान्ने जिम्मेवारी पनि प्रदान गरिएको छ । नेपालमा संगठित रुपले पहिलो पटक मेला र महोत्सव आयोजाको इतिहास बनाएको संघले वर्षेनी आयोजना गर्ने राष्ट्रिय औद्योगिक व्यापार मेलालाई परिस्कृत गर्नुपर्ने महशुस भएपछि सो उपसमिति गठन गरिएको हो ।

पोखराको प्रतिष्ठित घराना अंशुभराका प्रबन्धनिर्देशकसमेत रहेका थापा युवा उद्यमी हुन् । अशुंभराको छातामुनि  रियलस्टेट,बैंकिङ,हस्पिटालिटी,आइटी, अटोमोवाइल्स, मललगायतका व्यवसाय रहेका छन् ।

  • २ जेष्ठ २०८०, मंगलवार १०:४७ प्रकाशित