राजेन्द्र पाण्डे बागमती प्रदेशको मुख्यमन्त्री बन्ने पक्का

केन्द्रभाग मिडिया

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता राजेन्द्र पाण्डे बागमती प्रदेशको मुख्यमन्त्री बन्ने पक्का भएको छ ।

गठबन्धनको बिहीबार हेटौडामा बसेको बैठकले काँग्रेस नेता इन्द्रबहादुर बानियाँको सम्भावनालाई टार्दै नेकपा एसका नेता पाण्डेलाई मुख्यमन्त्री बनाउने सहमति जुटाएको हो । यो सहमति पछि पाण्डे मुख्यमन्त्री बन्ने निश्चित भएको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवा निकट बानियाँको पक्षमा वातावरण बनाउन कांँग्रेस सहमहामन्त्री प्रकाशशरण महतलाई बिहीबार बिहान हेटौंडा पुगेका थिए ।

तर महतले गठबन्धन भित्र मुख्यमन्त्रीमा पाण्डेलाई अगाडि बढाउने सहमति जुटाएर फर्केका छन् ।

पाण्डेलाई मुख्यमन्त्री बनाउन नेकपा एससहित माओवादी केन्द्र र नेपाली कांँग्रेसले सहमतिमा हस्ताक्षर गरिसकेका छन् ।

  • ४ कार्तिक २०७८, बिहीबार १७:२४ प्रकाशित