पोखरा।
नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज मंगलबार पाउण्डको भाउ बढेको छ । हिजो ओरालो लागेको पाउण्ड आज भने बढेको हो ।
आज पाउण्ड एकको खरिददर १६४ रुपैयाँ २९ पैसा र बिक्रीदर १६५ रुपैयाँ ०४ पैसा छ ।हिजो पाउण्ड एकको खरिददर १६३ रुपैयाँ ४२ पैसा रहेको छ भने बिक्रीदर १६४ रुपैयाँ १७ पैसा थियो ।
आज युरो एकको खरिददर १४२ रुपैयाँ ९० पैसा र बिक्रीदर १४३ रुपैयाँ ५५ पैसा छ । यस्तै डलर एकको खरिददर १३१ रुपैयाँ ३८ पैसा र बिक्रीदर १३१ रुपैयाँ ९८ पैसामा कारोबार भइरहेको छ ।
१० जापानी येनको खरिददर ९ रुपैयाँ ६५ पैसा र बिक्रीदर ९ रुपैयाँ ६९ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ९० पैसा र बिक्रीदर १८ रुपैयाँ ९८ पैसा छ ।
साउदी रियालको खरिददर ३५ रुपैयाँ ०३ पैसा र बिक्रीदर ३५ रुपैयाँ १९ पैसा छ ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ०६ पैसा र बिक्री दर ३६ रुपैयाँ २२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।मलेसिया रिंगिट १ को खरिददर २९ रुपैयाँ २१ पैसा र बिक्रीदर २९ रुपैयाँ ३५ पैसा रहेको छ ।