मुलुकको अस्तित्वमाथि नै सङ्कट उत्पन्न हुने खतरा छ : चित्रबहादुर केसी

केन्द्रभाग मिडिया

Deputy Prime Minister Chitra Bahadur KC speaks at the Reporters' Club in Kathmandu, on Saturday, November 14, 2015. Photo: Reporters' Club

काठमाडौँ ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले मुलुकको अस्तित्वमाथि नै संकट् उत्पन्न हुने खतरा रहेको बताएका छन् । देशको राजनीतिक अस्थिरताका कारण सो खतरा दिनदिनै बढ्दै गइरहेको केसीले बताएका हुन् ।

सोमबार विद्यार्थी दिवस र अबको बाटो विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै केसीले अहिले पनि जनताका गाँस, बासका समस्या, राष्ट्रियताका समस्याले देश ग्रस्त रहेको बताएका हुन् ।

उनले भने, ‘अहिले तपाईंहरुका जोश र उत्साहलाई जीवन पर्यन्त कायम गर्नुपर्छ । देशको आर्थिक अवस्था डामाडोल छ । राजनीतिक अस्थिरता छ, अहिले पनि लाखौँ विद्यार्थीहरू देशमा शिक्षा, स्वास्थ्य रोजगारी नहुँदा विदेश गएका छन् । यही अवस्था रहने हो भने मुलुकको अस्तित्वमाथि नै सङ्कट उत्पन्न हुने देखिएको छ । लोकतन्त्र, गणतन्त्र ल्याउनेबाट नै लोकतन्त्र र गणतन्त्रमाथि खतरा छ । लोकतन्त्र विरोधी असाध्यै हौसिएका छन् । किन चाहियो भनेर भनिरहेका छन् ।’

केसीले लोकतन्त्र र गणतन्त्रको सही सदुपयोग हुन नसकेको बताए ।

  • १ जेष्ठ २०८०, सोमबार १७:०० प्रकाशित