नवलपुरस्थित नारायणी नदीमा डुबेर श्रीमान–श्रीमतीको ज्यान गएको छ।
जिल्लाको मध्यविन्दु नगरपालिका–२ नन्दपुरस्थित नारायणी नदीमा डुबेर मध्यविन्दु–२ कोल्हुवाका ५५ वर्षीय सोमबहादुर बोटे र उनकी श्रीमती ५० वर्षीया बगरी बोटेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।
नारायणी पारी चितवन राष्ट्रिय निकुञ्जमा निगुरोको टिप्न जाँदा नदी तर्ने क्रममा उनीहरुलाई नदीले बगाएको थियो।आइतबार बेलुका नदीले बगाएर बेपत्ता भएका दुवै जनालाई राति मृतावस्थामा फेला पारिएको पूर्व नवलपुरका प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले जानकारी दिएका छन्।














