मेलम्चीको पानी वितरण आजदेखि बन्द

केन्द्रभाग मिडिया

काठमाडौं ।

काठमाडौं उपत्यकामा आजदेखि मेलम्चीको पानी वितरण बन्द भएको छ । मेलम्चीको पानी वितरण बन्द दुई साताका लागि गरिएको बताइएको छ ।

आयोजना स्थलको मुहानमा मर्मत सम्भार गर्न भन्दै पानी वितरण बन्द गरिएको हो ।हेलम्बु-१ स्थित आयोजनाको गेट नम्बर-९ मा रहेको मुहान तथा हेडवक्र्समा सिलिण्डर र गेट नम्बर १ मा जालीसहितका उपकरणहरु राखेर मर्मतसम्भार गर्नुपर्ने भएकाले दुई हप्ताका लागि पानी वितरण बन्द गरिएको मेलम्ची खानेपानी आयोजनाका सिनियर डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरले जानकारी दिए ।

उनका अनुसार यो काम गरेपछि सामान्य बाढी आएका बेलामा पनि आयोजना सञ्चालनमै राख्न सकिने छ ।मेलम्चीको पानी पहिलोपटक २०७७ फागुन २२ गते सुन्दरीजलमा ल्याइएको थियो । सोही वर्षको चैत १५ देखि परीक्षण स्वरुप पानी वितरण गरिएको थियो ।

  • १ जेष्ठ २०८०, सोमबार ०९:१२ प्रकाशित