जेठ ५ मा सरकारको नीति तथा कार्यक्रम ल्याउने तयारी

केन्द्रभाग मिडिया

काठमाडौं ।

सरकारको आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम जेठ ५ मा ल्याउने तयारी भइरहेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संसद्‍मा नीति तथा कार्यक्रम सम्बोधन गर्ने तयारी भएको छ ।

संविधानको धारा ९५ मा संघीय संसद्का दुवै सदनमा सम्बोधन गरी राष्ट्रपतिले नीति तथा कार्यक्रम वाचन गर्ने उल्लेख छ ।प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको आइतबारको बैठकमा जेठ ५ मा नीति तथा कार्यक्रम प्रस्तुत गर्नेबारे छलफल भएको हो । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले जेठ ५ मा नीति तथा कार्यक्रम संसद्मा प्रस्तुत गर्ने तयारी भइरहेको बताए ।

  • ३१ बैशाख २०८०, आईतवार १६:५१ प्रकाशित