पूर्व अडानबाट पछि हटे तीन दल : संवैधानिक परिषद सम्बन्धी विधेयक अघि बढाउन सहमत

केन्द्रभाग मिडिया

काठमाडौं ।

प्रमुख तीन राजनीतिक दलबीच संवैधानिक परिषदसम्बन्धी विधेयक अघि बढाउन सहमति भएको छ । यसअघि संवैधानिक परिषद् सम्बन्धी विद्येयकमा तीन दल आफ्नो पूर्व अडानबाट पछि हटेका छन् ।

संवैधानिक परिषदको बैठक बस्न, एजेण्डा तय गर्न र निर्णय गर्न प्रधानमन्त्रीको सहमति अनिवार्य हुने गरी सरकारले विधेयक ल्याएको छ । यो विधेयकलाई जस्ताको तस्तै पारित गर्ने अडानबाट सत्तारुढ दुई दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र पछाडि हटेका छन् ।

त्यस्तै संवैधानिक परिषदको अध्यक्षको सहमति बिना नै एजेण्डा तय गर्न, बैठक बोलाउन र बहुमतका आधारमा निर्णय हुन सक्ने व्यवस्था राख्नुपर्ने अडानबाट प्रमुख प्रतिपक्षी नेकपा एमाले पनि पछाडि हटेको छ ।दलहरुले अडान छाडेपछि यो विधेयक पारित गर्ने प्रक्रिया अघि बढ्ने भएको छ ।

  • ३१ बैशाख २०८०, आईतवार १५:४९ प्रकाशित