गण्डकीका नवनियुक्त मन्त्रीद्वारा शपथ ग्रहण

केन्द्रभाग मिडिया

पोखरा ।

गण्डकी प्रदेश सरकारमा नवनियुक्त ४ मन्त्रीले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कांग्रेसबाट नवलपुरका महेन्द्रध्वज जिसी, बागलुङका दिपेन्द्रबहादुर थापा र तनहुँका जीतप्रकाश आलेलाई तथा माओवादीबाट रेशमबहादुर जुग्जालीलाई मन्त्री नियुक्त गरेका थिए ।

उनीहरुलाई गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले पद तथा गोपनियताको शपथ गराएका हुन् ।यसअघि मन्त्रीको चर्चामा रहेका दिपक मनाङे भने यसपटक छुटेका छन् ।

  • २९ बैशाख २०८०, शुक्रबार १६:५० प्रकाशित