गण्डकीमा माओवादीबाट जुग्जाली मन्त्री बन्ने, कांग्रेसबाट यी हुन् मन्त्रीका आकांक्षी

केन्द्रभाग मिडिया

पोखरा ।

नेकपा माओवादीले गण्डकी सरकारमा सहभागी हुने थप एक मन्त्रीको टुन्गो लगाएको छ । माओवादी संसदीय दलको बिहिबार बसेको बैठकले रेशमबहादुर  जुग्जालीलाई सरकारमा पठाउने निर्णय गरेको हो । जुग्जालीले भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी पाउने छन् । यस्तै यही बैशाख १५ गते बिनिविभागीय मन्त्री नियुक्त भएकी शुसिला सिंखडालाई सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाउने छिन् ।

सत्ता गठबन्धन दल नेपाली कांग्रस र माओवादीबीच मन्त्रालयको भागबण्डामा सहमती भएहो हो । एक मन्त्रालयमा नेकपा एकिकृत समाजवादीका राजिव गुरुङ (दिपक मनाङे)लाई नियुक्त गर्ने मुख्यमन्त्री शुरेन्द्रराज पाण्डेको तयारी रहेको स्रोतले बतायो ।

बाकीँ तीन मन्त्रालयमा कांग्रेसबाट मन्त्री नियुक्त हुने छन् । कांग्रेसले भने मन्त्री हुनेको नाम सार्वजनिक गरेको छैन । यसअघि कांग्रेसबाट विना विभागीय मन्त्री सरस्वती अर्याल तिवारी मन्त्री बनेकी छन् । कांग्रेसमा मन्त्री बन्न आकांक्षा राख्ने धेरै छन् ।

लमजुङका डा. टकराज गुरुङ, नवलपुरका जिसी, कास्कीका विन्दुकुमार थापा, कास्कीकै प्रकाश बराल, बागलुङका जीत शेरचन, कास्कीकी सरस्वती गुरुङ, पर्वतकी रेखा गुरुङ र बागलुङका डिल्लीराम सुवेदी, महेन्द्रध्वज जिसी र दीपेन्द्रबहादुर मन्त्री बन्ने दौडमा हुन् ।

  • २९ बैशाख २०८०, शुक्रबार ११:०४ प्रकाशित