काठमाडौँ ।
उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले कमिसनखोर र भ्रष्टाचारीलाई कारबाही गर्नबाट पछि नहट्ने उद्घोष गरेका छन् ।
बुधवार काठमाडौंमा आयोजित निर्मल लामा स्मृति प्रतिष्ठानको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो उद्घोष गरेका हुन् । श्रेष्ठले देशमा थुप्रै समस्या रहेको र कमिसन र भ्रष्टाचारले देश जर्जर बनाएको उल्लेख गरे ।
उनले खाडीमा काम गर्न गएका ३० लाख नेपालीलाई स्वदेशमै रोजगारी सिर्जना गर्न भ्रष्टाचारीलाई कारबाही गर्नुको विकल्प नरहेको बताए । उनले निर्दोष मानिस डराउनुपर्ने आवश्यकता नरहेको पनि उल्लेख गरे ।













