बुटवल ।
अर्घाखाँचीमा घरमा लागेको आगो निभाउने क्रममा जलेर घाईते भएका चार जनामा चारै जनाको ज्यान गएको छ ।
आगलागीमा परेर घाइते भएका थप एक जनाको उपचारका क्रममा काठमाडौंमा ज्यान गएको हो ।
भूमिकास्थान नगरपालिका–२ का ३६ वर्षीय माधव बेल्वासेको कीर्तिपुर अस्पतालमा उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जानकारी दिएको छ ।
घरमा लागेको आगो निभाउने क्रममा गम्भीर घाइते भएको पाँच जनामध्ये ७२ वर्षीय पिताम्बर बेल्वासे, ५५ वर्षीय पदम बेल्वासे र ५२ वर्षीय घनश्याम बेल्वासेको यसअघि नै थप उपचारको लागि काठमाडौं लैजादै गर्दा बाटोमै ज्यान गइसकेको थियो ।














