पोखरा ।
संसदीय पत्रकार मञ्च गण्डकीको नयाँ कार्यसमिति चयन भएको छ । मंगलबार पोखरामा भएको चौथो वार्षिक साधारणसभा एवं तेस्रो अधिवेशनले भरत कोइरालाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
अध्यक्षका अर्का प्रत्यासी रोहितराज पराजुलीलाई ४ मतले पछाडि पार्दै कोइराला अध्यक्ष चयन भएका हुन् । उनले १२ मत प्राप्त गर्दा पराजुलीले ८ मत प्राप्त गरे । कोइराला निवर्तमान कार्यसमितिमा पनि अध्यक्ष थिए ।
अध्यक्ष बाहेक अन्य पदमा भने सर्वसम्मत भएको छ । मञ्चको उपाध्यक्षमा विशन क्षेत्री, सचिवमा तारा चापागाईं, कोषाध्यक्षमा उमा आले चियन भए ।
सदस्यहरुमा युवराज श्रेष्ठ, उमेश पुन, युवराज गुरुङ ‘युनिस’ र ऋषिराम बराल चयन भए ।














