सम्पर्कविहीन टोपबहादुरको घरमा प्रहरीको छापा

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा एमालेका सचिव एवं पूर्वमन्त्री टोपबहादुर रायमाझीको घरमा प्रहरीले छापा मारेको छ ।रायमाझीको सातदोबाटोस्थित घरमा काठमाडौं र ललितपुरको प्रहरी टोली छापा मार्न पुगेको हो ।

नक्कली शरणार्थी प्रकरणमा रायमाझी पनि प्रहरी अनुसन्धानमा तानिएका छन् । उनीमाथि पक्राउ पूर्जी जारी भइसकेको छ । हाल उनी सम्पर्कविहीन छन् ।

  • २६ बैशाख २०८०, मंगलवार १५:५१ प्रकाशित