राज्यले भ्रष्टाचारीमाथि कडा कारबाहीको नीति लिनुपर्छ : विश्वप्रकाश शर्मा

केन्द्रभाग मिडिया

काठमाडौं ।

सांसद तथा कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भ्रष्टाचारीलाई कडा कारबाहीको नीति राज्यले लिनुपर्ने बताएका छन् ।

मंगलबारको प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०८०/८१ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफलमा भाग लिँदै सांसद शर्माले भ्रष्टाचारीविरुद्ध कडाइ पूर्वक नीति लिनुपर्ने बताए ।

भ्रष्टाचारीविरुद्ध शून्य सहनशीलता लिने सरकारको नीति रहेको कुरालाई कार्यान्वयनमा लिनुपर्ने बताए । पछिल्लो समय भ्रष्टाचारका फाइल खुलेको कुरालाई निष्कर्षमा पुर्‍याउनुपर्ने पनि उनको आग्रह थियो ।

‘यहिँनेर भुटानी शरणार्थीको सन्दर्भको फाइल खोलिएको छ । यसलाई निष्कर्षमा पुर्‍याउनुपर्छ भन्ने अपील र आग्रह गर्न चाहन्छु,उनले भने, ‘भ्रष्टाचारका विरुद्ध फाइल मात्रै होइन फायर खोल्नुपर्छ राज्यले ।’

भ्रष्टाचारका फाइल खोल्दा र कारबाही प्रक्रिया अगाडि बढाउँदा ुनिर्दोष कोही फस्नुहुन्न, दोषी कोही बच्नु पनि हुन्नु भन्ने दृष्टिकोण लिनुपर्ने शर्माको भनाइ छ ।

  • २६ बैशाख २०८०, मंगलवार १५:०१ प्रकाशित