पोखरा ।
समाजवादी प्रेस संगठन कास्कीको अध्यक्षमा अग्रज पत्रकार रुद्रवहादुर थापा चयन भएका छन् । आज पोखरामा भएको भेलाले जिल्ला समिती पुर्नगठन गर्दै अध्यक्षमा थापालाई चयन गरेको हो ।
भेलाको उद्घाटन नेकपा एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य तुलवहादुर गुरुङले मुलुक हाल अन्यौलपूर्ण अवस्थावाट गुज्रीरहेको वताउदै नेकपा एकीकृत समाजवादी जिम्मेवार ढंगले मुलुकका समस्या समाधानमा केन्द्रित भएको वताए । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएकाहरुलाई छानविन गरी कारवाहीको दायरामा ल्याउन गुरुङले सरकारसंग माग गरे ।
राज्यको चौथो अंगको रुपमा रहेको पत्रकारिता जगतको भूमिका यस वेला अझै महत्वपूर्ण रहेको वताउदै उनले समाजवादी प्रेस संगठनसंग आवद्ध पत्रकारहरुले राष्ट्रिय राजनीतिमा देखिएको अन्यौलपूर्ण अवस्थाको वोध गर्दै जिम्वेवार र जवाफदेहीपूर्ण भूमिका निर्वाह गर्नुपर्ने धारणा राखे ।
भेलालाई संवोधन गर्दै नेकपा एकीकृत समाजावदीका पेलिटव्यूरो सदस्य श्रीनाथ वरालले समाजवादी आन्दोलनको अगुवाई गर्न नेकपा एकीकृत समाजवादीको पुर्नगठन गरिएको वताए । समाजवादी प्रेस संगठन सम्वद्ध पत्रकारहरुले समाजको रुपान्तरण र समाजवाद प्राप्तीको आन्दोलनमा साथ दिन उनको अग्रह थियो ।
समाजवादी प्रेस संगठन कास्कीका उपाध्यक्ष जैनव खातुनको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एकीकृत समाजवादी कास्कीका अध्यक्ष खड्ग हमाल, समाजवादी प्रेस संगठनका संस्थापक नवराज सुवेदी, नेकपा एकीकृत समाजवादी कास्कीका उपाध्यक्ष पूर्ण लामा, समाजवादी प्रेस संगठनका उपाध्यक्ष श्रीराम सिग्देल, केन्द्रिय सदस्य तथा नेपाल पत्रकार महासंघ गण्डकीका महासचिव गोविन्द सुवेदी, नव निर्वाचित अध्यक्ष रुद्र वहादुर थापा, सचिव भिम थापा लगायतले उक्त अवसरमा आ–आफ्ना धारणा राखेका थिए ।














