नेपाल नागरिक उड्डयन प्राधिकरणले सोमबार बिहान भैरहवा विमानस्थलमा दुर्घटनाबाट जोगिएको श्री एयरलाइन्सको जहाज उडानमा प्रतिबन्ध लगाएको छ।
प्राधिकरणले दर्ता नम्बर ९ एन–एएनई रहेको उक्त जहाजलाई उडानमा रोक लगाएको हो।प्राधिकरणले सूचना जारी गर्दै श्रीको उक्त जहाज तत्कालका लागि सञ्चालनमा रोक लगाएको जनाएको छ।
जहाज सोमबार बिहान ९ बजेर ४० मा भैरहवा विमानस्थलबाट उडेको २० मिनेटमै अगाडिको पांग्रा (ल्यान्डिङ गियर) मा समस्या उत्पन्न भएपछि पुनः भैरहवा विमानस्थलमै आकस्मिक अवतरण गरिएको थियो।
जहाज, चालकदल र यात्रु सबै सुरक्षित थिए।यो जहाज उडानमा संलग्न इन्जिनियरहरूलाई पनि अर्को सूचना नआउन्जेल निलम्बन गरिएको छ।














