बलात्कार आरोपीलाई पक्राउ गर्दा स्थानीयद्वारा ढुंगामुढा : आरोपी हत्कडीसहित फरार

केन्द्रभाग मिडिया

symbolic picture

सुर्खेत ।

सुर्खेतमा बलात्कार आरोपीलाई पक्राउ गर्न खोज्दा स्थानीयले ढुङ्गामुढा गरेका छन् ।

कालिकोटको पलाँता गाउँपालिका ६ सैनामा जबर्जस्ती करणी मुद्दाका आरोपी ३१ वर्षीय शंक बुढालाई आज प्रकाउ गर्न खोज्दा स्थानीयले प्रहरीमाथि ढुङ्गामुढा गरेका हुन् ।

घटनामा इलाका प्रहरी कार्यालय पलाताका सहायक प्रहरी निरीक्षक लक्ष्मी ढुङ्गेल रावल र एक स्थानीय घाइते भएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक माधव श्रेष्ठले जानकारी दिएका छन् ।

बलात्कार आरोपी बुढा हत्कडीसहित फरार भएका श्रेष्ठले बताए । उनले भने, आरोपी बुढाको खोजी कार्य भइरहेको छ । कालिकोट जिल्ला प्रहरी कार्यालय र नजिकका प्रहरी चौकीबाट थप प्रहरी टोली खटाइएको छ ।

बुढाले २०७९ असोज ३१ गते गाउँकै एक महिलामाथि जबरजस्ती करणी गरेका थिए ।

  • २५ बैशाख २०८०, सोमबार १६:१२ प्रकाशित