बेगनास तालमा एक पुरुषको शव भेटियो

केन्द्रभाग मिडिया

पोखरा महानगरपालिका वडा नम्बर ३१ बेगनास तालमा आज एक पुरुषको शव भेटिएको छ । बिहान झण्डै साढे ८ बजे ताल छेउमा पुरुषको शव भेटिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

मृत भेटिने पुरुष उदयपुर स्थायी घर भएका वर्ष ३१ का अनुप भण्डारी रहेको प्रहरीले जानकारी दिएको छ । तालको छेउको पानीमा घोप्टो परि मृत अबस्थामा पुरुषको शव छ भन्ने सूचना प्राप्त हुनासाथ तत्काल ईलाका प्रहरी कार्यालय शिशुवाबाट प्रहरी निरीक्षक भगवानराज थापाको कमाण्डमा ७ जनाको टोली खटिई शवको उद्दार गरी गरिएको प्रहरीले जनाएको छ ।

शव पोष्टमार्टमको लागि पश्चिम क्षेत्रिय अस्पतालमा राखिएको छ ।

  • २५ बैशाख २०८०, सोमबार १५:४७ प्रकाशित