रक्षामन्त्री खड्काको स्पष्टि : ‘हतियार कारोबारमा म संलग्न छैन’

केन्द्रभाग मिडिया

काठमाडौं ।

उपप्रधान तथा रक्षा मन्त्री पूर्णबहादुर खड्काले आफु हातहतियार खरिदमा संलग्न नभएको बताएका छन् । नेपाली सेनाले खरिद गर्न लागेको हातहतियार बन्दोबस्तोमा आफनो नाम पनि मुछिएको भन्दै उपप्रधानमन्त्री खड्काले आफनो संलग्नता अस्वीकार गरेका हुन् ।

‘केही दिन देखि मेरो नाम समेत जोडेर केही संचार माध्यममा नेपाली सेनाको हतियार खरिद सम्बन्धमा आएका विविध प्रकृतिका समाचार प्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ,’ खड्काले भनेका छन, ‘म रक्षामन्त्री भएदेखि रक्षा मन्त्रालयबाट हतियार खरिद सम्बन्धि कुनै निर्णय नभएको कुरा सबैमा प्रष्ट पार्न चाहन्छु ।’

  • २५ बैशाख २०८०, सोमबार ०९:२९ प्रकाशित