नवनियुक्त मन्त्री सुरेन्द्र आचार्यले लिए शपथ

केन्द्रभाग मिडिया

काठमाडौं।

नवनियुक्त महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्र आचार्यले शपथ लिएका छन् ।

आज (आइतबार) शीतल निवासमा आयोजित एक समारोहबीच मन्त्री आचार्यले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन ।

यसअघि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारीमा रहेका महिन्द्र राय यादवलाई खानेपानी मन्त्रालयको जिम्मेवारी दिईएको छ । नवनियुक्त मन्त्री आचार्य शेखर कोइरालानिकट मानिन्छन् ।

  • २४ बैशाख २०८०, आईतवार १४:१४ प्रकाशित