कांग्रेस गण्डकी प्रमुख सचेतकमा नन्दप्रसाद न्यौपाने

केन्द्रभाग मिडिया

पोखरा ।
नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलको प्रमुख सचेतकमा नन्दप्रसाद न्यौपाने मनोनीत भएका छन् । नेपाली कांग्रेस संसदीय दलका नेता तथा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले न्यौपानेलाई मनोनीत गरेका हुन् । न्यौपाने गोरखा १(२) बाट निर्वाचित सांसद हुन् ।

पाण्डेले संसदीय दलको नेता भएको ५ महिना पछि आफ्नै जिल्लाका सांसदलाई प्रमुख सचेतक तोकेका हुन् । गएको पुस १३ गते पाण्डे संसदीय दलको नेता निर्वाचित भएका थिए ।

  • २४ बैशाख २०८०, आईतवार ११:३९ प्रकाशित