पोखरा ।
पोखराबाट बागलुङ जाँदै गरेको कार हेम्जामा दुर्घटनामा परेको छ ।
ग २ च ७८८५ नम्बरको निजी कार पोखराको हेम्जा स्थित सुइखेतमा दुर्घटनाग्रस्त भएको प्रहरीले जानकारी दिएको छ ।कारमा सवार ६ जना मध्ये ४ जना गम्भीर घाइते भएका छन भने २ जनाको स्थिति सामान्य रहेको प्रहरीले जनाएको छ ।
घाइते ४ जनालाई उपचारको लागि मनिपाल अस्पतालमा लगेको प्रहरीले जनाएको छ ।














