काठमाडौं ।
प्रधानमन्त्री शेरबहादुर देउवा सुदूरपश्चिम पुगेका छन् । चार दिन देखि परेको वर्षाले आएको बाढी पहिरोको अवस्था अवलोकन गर्न देउवा आज सुदूरपश्चिमतर्फ लागेका हुन् ।
उनी आज नेपाली सेनाको हेलिकप्टरबाट सुर्खेत हुँदै दिपायल जाने बताइएको छ ।पूर्वनिर्धारित कार्यक्रमअनुसार प्रधानमन्त्री देउवाले दिपायलको सैनिक व्यारेकमा ब्रिफिङ लिएपछि बझाङको थलारा, चैनपुर र बैतडीको ढुंगाडको अवस्था अवलोकन गर्ने छन् ।
देउवाले जोगबुढा, महेन्द्रनगर र महेन्द्रनगरको सैनिक ब्यारेकमा ब्रिफिङ सुनेपछि बह्मदेवको अवलोकन गर्ने छन् । त्यहाँबाट दोधारा–चाँदनी हुँदै उनी धनगढी जाने कार्यक्रम तय भएको छ ।प्रधानमन्त्री देउवा शुक्रबार काठमाडौं फर्किने कार्यक्रम छ ।