आज पनि देशका अधिकांश स्थानमा पानी पर्ने सम्भावना

केन्द्रभाग मिडिया

पोखरा ।

आज पनि देशका अधिकांश स्थानमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभावले हाल देशभर मौसम प्रतिकूल देखिएको छ ।आज दिउँसो गण्डकी, कोशी, मधेश र बागमती प्रदेश लगायत देशका पहाडी भू-भागमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राति देशको पहाडी भू-भागका एक-दुई स्थानमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ। देशका पहाडी भूभागमा भोलि पनि मौसम प्रतिकूल रहने महाशाखाले जनाएको छ ।

  • २१ बैशाख २०८०, बिहीबार ०९:१० प्रकाशित