सरकारले क्रिकेट खेलाडीलाई जनही ६ लाख पुरस्कार दिने

केन्द्रभाग मिडिया

काठमाडौं ।

सरकारले कार्यविधिमा भएको भन्दा १ लाख रुपैयाँ बढाएर क्रिकेट खेलाडीलाई पुरस्कार दिने भएको छ ।एसीसी प्रिमियर कप क्रिकेट विजेता खेलाडीलाई सरकारले जनही ६ लाख रुपैयाँ नगद पुरस्कार दिने निर्णय गरेको हो ।

आज बुधबार बसेको मन्त्रिपरिषद बैठकले खेलाडीलाई जनही ६ लाख रुपैयाँ र अफिसियललाई जनही ३ लाख रुपैयाँ नगद पुरस्कार दिने निर्णय गरेको सरकार प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् ।खेलकुद पुरस्कार कार्यविधि अनुसार एसीसी प्रिमियर कप क्रिकेट विजेता खेलाडीले जनही ५ लाख रुपैयाँ पुरस्कार पाउने थिए ।

मंगलबार भएको फाइनलमा यूएईलाई हराउँदै नेपाल एसीसी प्रिमियर कप विजेता बनेर एसिया कप क्रिकेटमा छनोट भएको थियो ।

  • २० बैशाख २०८०, बुधबार १५:२६ प्रकाशित