धादिङको गणेशखोला पुल फेरि भासियो ,ग्याबिन जाली लाएकै ठाउँमा भ्वाङ

केन्द्रभाग मिडिया

मलेखु ।

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको धार्केस्थित गणेश खोला पुल फेरि भासिएको छ । बन्द भएको १८ घण्टापछि मङ्गलबार दिउँसोबाट एकतर्फी खुलेको राजमार्ग बुधबार १२ बजेदेखि फेरि बन्द भएको हो ।

धुनिबेशी नगरपालिका–६ र थाँक्रे गाउँपालिका–८ को सिमाना जोड्ने गणेश खोला पुलको मुखमा जमिन भासिएर ग्याबिन जाली लगाएकै ठाउँमा फेरि भ्वाङ परेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । पुलको मुखमा सडक भ्वाङ परेपछि अहिले दुबै तर्फी सवारी आवागमन बन्द भएको प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिए ।

नयाँ पुल निर्माणको लागि फाउण्डेशन खन्ने क्रममा पुरानो पुलको फाउण्डेशन भएको जमिन भासिन पुगेको हो । त्यही जमिन भासिएको ठाउँमा ग्याविन जाली लगाएर यातायात सञ्चालन गरिएको थियो । अहिले फेरि जाली लगाएकै ठाउँमा भ्वाङ परेको हो ।

  • २० बैशाख २०८०, बुधबार १४:३१ प्रकाशित